बाहुण्डाँगी । वीरता लेडी जेसीजको आयोजनामा मल्टि च्याप्रट तालिम सम्पन्न भएको छ । झापाका १६ र इलामसहितका शाखाहरुको सहकार्यमा तालिम सम्पन्न भएको हो । जेसीजको रणनीति र दिगो विकासका लक्ष्य भन्ने शिर्षकमा भएको तालिम नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले प्रशिश्रण दिनु भएको थियो । तालिममा ५५ जना भन्दा बढीको सहभागिता रहेको थियो । प्रमुख प्रशिश्रक बस्यालले शाखामा पदाधिकारीहरुले गर्नु पर्ने काम कर्तव्य र युवाहरुलाई दिगो आर्थिक विकासमा लैजान जेसीजले खेल्नु पर्ने भूमिकाका विषयमा प्रशिश्रण दिनु भएको थियो ।

शाखाका अध्यक्ष संगिता चिमरियाको सभापतित्व तथा नेपाल जेसीज २०२२ का कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यता तथा प्रशिश्रक बस्यालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा, राष्ट्रिय महासचिव कृष्ण सापकोटा, वीरता लेडी जेसीजका लागि निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, राष्ट्रिय उपाध्यक्ष राजिप प्रसाई, नेपाल जेसीजको केन्द्रीय तालिम कोषाध्यक्ष उषा उप्रेती, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जविन तिम्सिना, धुलावारी जेसीजका पूर्व अध्यक्ष सुभाष रिजाल, शाखाकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यलगायतको सहभागितामा तालिम भएको हो ।

समापन समारोहमा धुलावारी जेसीजका अध्यक्ष, रबिन्द्र पाठक, चारआली जेसीजका अध्यक्ष विरु बेगा, अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर (राज), भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराई, दमक जेसीजका अध्यक्ष सञ्जिव बराल, बुधवारे जेसीजका अध्यक्ष मुकेश भट्टराई, कमलनगर जेसीजका नारायण बस्नेत, अध्यक्ष कचनकवल खगेन्द्र पाण्डेलगायतले तालिममा सिकेका कुरालाई शाखामा लागु गरेर आफ्नो कार्यकाल सफल बनाउने बताएका थिए ।

कार्यक्रममा सहभागिलाई प्रमाण पत्र र शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव युनिता दवाडीले गरेकी थिइन् ।




