संघ \संस्था

पाल्पा जेसीजद्धारा ३ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण

बाहुण्डाँगी । जिल्लाको सामाजिक कार्यक्रम सकृय रहेको सस्था जेसिज पाल्पा र युथ फर नेशनले बगनासकाली गाउँपालिका वडा न १ स्थित राम निम्न माध्यमिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ३ सय जना नागरिकले स्वास्थ्य परिक्षण गराएका छन । सस्थाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एवम समुदायका नागरिकहरूलाई मध्ये नजर गरि स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको हो ।

शिविरको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले सस्थाले समुदाय नागरिकहरूलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गरेकोमा सस्थालाई आभार प्रकट गर्नुभयो । नागरिकहरूले बर्षको एक पटक अनिवार्य रूपमा स्वास्थ्य परिक्षण गर्नको लागि आवश्यक रहेको बताउदै स्थानीय सरकारले स्वास्थ्य परिक्षणको सुनिश्चितता गरेको बताउनुभयो । समुदायका नागरिकहरूले सामान्य रोगहरू देखा पर्दा परिक्षण नगरि बस्ने हुदा स्वास्थ्य परिक्षण शिविरले नागरिकहरूमा भएको स्वास्थ्य जटिलताका बारेमा जानकारी लिन थप सहयोग पुग्ने बताउनुभयो । साथै स्वास्थ्य परिक्षणको क्रममा कुनै जटिल प्रकृतिका रोगहरू देखा परेमा स्वास्थ्य शाखालाई जानकारी गराउन आग्रह गर्दै पालिकाले त्यस्ता विरामीहरूको उपचारमा थप सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले नागरिकहरूलाई मध्ये नजर गरि शिविर सञ्चालन गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा वडा न १ का वडा अध्यक्ष सोम बहादुर झेडी,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,कार्यपालिका सदस्य खुमा देबि भट्टराई, वडा १ का वडा सदस्य कुल प्रसाद ढुङ्गाना,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्त बस्याल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा राम निम्न माविका प्रधानाध्यापक गुन बहादुर गाहाले स्वागत मन्तव्य दिनुभएको थियो भने जेसिजका पाल्पाका सन २०२१र २२ का उपाध्यक्ष गणेश पन्थीले कार्यक्रमको उद्येश्य माथि प्रकाश गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन जेसिज २०२१ र २२ का महासचिव सुनिल चापागाईंको सञ्चालन एवम जेसिज पाल्पाका अध्यक्ष अच्युत खनाल अध्यक्षमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा अध्यक्ष खनालले सस्था पछिल्लो समयमा जिल्लाको सामाजिक कार्यमा अगाडि बढेको बताउनुभयो । सोही अनुसार बगनासकाली वडा न १ का नागरिकहरूलाई केन्द्रित गरि स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविर लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोग र पाल्पा जेसिज एवम युथ फर नेशनको समन्वय सञ्चालन गरिएको बताउनुभयो । शिविरमा १ सय ३० जना पुरूष र १ सय ७० जना महिलाले स्वास्थ्य परिक्षण गरेको जानकारी दिनुभएको भयो ।

आगामी दिनमा सस्थाले सामाजिक कार्यको साथसाथै युवा तथा युवतीहरूलाई केन्द्रित गरि व्यक्तित्ब र नेतृत्व विकास सम्बन्धि तालिम सञ्चालन गर्ने बताउनुभयो । शिविरमा सहभागी नागरिकहरूलाई आवश्यकता अनुसारको निशुल्क औषधी समेत प्रदान गरिएको अध्यक्ष खनालले बताउनुभयो ।