संघ \संस्था

सुरुङ्गा जेसीजद्धारा अन्तर्राष्ट्रिय स्तरको बजार पहिचानका लागि ४ दिने तालिम

बाहुण्डाँगी । नेपालको उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बजार सम्म पुर्याउँन सकिन्छ भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा चारदिवसीय आयात निर्यात सम्बन्धिको तालिम संचालन भएको छ ।

कनकाई ३ सुरुङ्गास्थित होटल क्विन प्यालेसमा मंगलबारदेखी संचालन भएको तालिम कार्यक्रमको नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवम् एक सफल उद्योगी भोलेश्वर दुलालले उद्घाटन गरेका हुन् । ट्रेड एण्ड एक्सपोर्ट प्रमोशन सेन्टर काठमाण्डौ एवम् सुरुङ्गा जेसीजको संयुक्त आयोजनामा संचालन भएको तालिम कार्यक्रमको सिमित सिटमा २५ जनाको सहभागीता रहेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले जनाएकी छन् ।

तालिम कार्यक्रमको नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशकद्वय राजेन्द्र सिंह र सिद्धिचरण दाहाल, वरिष्ठ अधिकृत गोविन्द आचार्यले सहजीकरण गरिरहेको बताइएको छ । तालिमबाट प्राप्त उपलव्धीलाई व्यवहारमा उतार्न सक्ने हो भने यसबाट अन्तर्राष्ट्रिय बजारको पहिचान गरेर उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउँन सकिने विश्वस दिलाउँदै सहजकर्ता उपनिर्देशक राजेन्द्र सिंहले सहभागी सबैलाई तालिमबाट भरपुर उपलव्धी हात पार्न अनुरोध गरेका छन् ।