विविध

वेपत्ता आमाको खोजीकार्यमा प्रहरीले चासो नदेखाएको परिवारको आरोप

झापा । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाकी ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् ।

गत फागुन २९ गते मेचीनगर ७ स्थित ठूली छोरी देवी मैनालीकोमा जान्छु भनेर काँकरभिट्टाबाट हिडेकी लिलामाया अझै परिवारको सम्पर्कमा नआएपछि यतिबेला परिवार र आफन्तहरु उनको खोजीमा दिन रात भौतारिरहेका छन् ।

ठूली छोरी देवी मैनालीले भनिन्, ‘आमा कहाँ कस्तो अवस्थामा हुनुहुन्छ अत्तोपत्तो छैन् । आमाको खोजीमा सबैले सहयोग गरिदिन अनुरोध गरिन् । साथै उनले आमालाई पनि जहाँ जस्तो अवस्थामा भएपनि एक पटक परिवारमा सम्पर्क गर्न अनुरोध गरिन् ।

‘आमाले ठूली छोरीकोमा जान्छु भन्नु भएको थियो । हामी त त्यही जानुभयो होला भनेर ढुक्क थियौं, तर भोलिपल्ट मात्र थाहा भयो आमा त त्यहाँ जानु भएको रहेन छ, छोरा प्रेमकुमार कार्कीले भने । ‘आमा कहाँ कस्तो अवस्थामा हुनुहुन्छ अत्तोपत्तो छैन् । उनले आमाको खोजीमा सबैले सहयोग गरिदिन अनुरोध गरे । साथै आमालाई जहाँ जस्तो अवस्थामा भएपनि एक पटक परिवारमा सम्पर्क गर्न अनुरोध समेत गरे ।

हाम्री आमा कहाँ जानु भयो प्रहरीले पनि चासो दिएको छैन, अब हामी कहाँ खोजौं’ ठूली छोरी देविले भकानिदै भनिन् । ‘हामीले आफन्तकोमा सबैतिर खोजी सकिउँ, कुनै अप्रिय घटना पो भयोकी भनेर वन जंगल खोलानाला सबै चाहरी सक्यौँ तर आमालाई अझै भेटन सकेनौं ।’

‘नागरिकको जिउधनको सुरक्षा दिने काम प्रहरीको हो कार्की परिवारले भने , ‘तर आफ्नै ठाउँको प्रहरी समेत मान्छे हराएको विषयमा गम्भीर बन्न नसकेको उनीहरुको आरोप छ । तर, प्रहरीले भने खोजि कार्यमा निरन्तर लागिरहेको जनाएको छ ।