संघ \संस्था

काँकरभिट्टा खानेपानी संस्थाद्धारा बिद्यार्थीलाई सरसफाइ सामाग्री वितरण

मेचीनगर । ब्यक्तिगत सरसफाइ सामग्री वितरण कार्यक्रम अन्तर्गत काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सेवा क्षेत्र भित्रका सामुदायिक बिद्यालयको बाल कक्षा देखि कक्षा ३ सम्मको बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाइ सामग्री वितरण चैत्र २३ गतेबाट सुरु भएकोछ ।

 इटाभट्टामा रहेको आदर्श मा बि मामा ३४१ थान , सरस्वती नि मा बीमा ५४ थान र मदन बस्तीमा रहेको कृष्ण प्रा बि का ४२ जना बिद्यार्थीलाई संस्थाको अध्यक्ष राजकुमार पराजुली ,सचिब दिलिपजङ सुब्बा ,कोषाधक्ष मिना कुमारी कार्की ,र सदस्यहरु केदारजङ भट्टराई ,दुर्गा भेटवाल र संस्थाका कर्मचारीहरुको संयुक्त टोलिले विद्यालय परिसरमा नै पुगेर उक्त सामाग्री वितरण गरिएको हो ।