बाहुण्डाँगी । नेपाल जेसीजको वार्षिक कार्यक्रम क्षेत्रीय अध्यक्षहरुको भेला चारआलीमा सुरु भएको छ ।
चारआली जेसीजको आतिथ्यतामा सुरु कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले युवाहरुको साझा संस्था जेसीजले सामाजिक क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बताउँदै उहाँले युवाहरुलाई व्यवसायिक क्षेत्रमा अझ अग्रसर गराउँदै लैजान आग्रह गर्नु भयो ।

कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, उपाध्यक्ष राजिप प्रसाई, मनोज शाह, शाखाका पूर्व अध्यक्षहरु राजेश गिरी, तिर्थ घिमिरे, धनबहादुर तामागं, रोहित दाहाल, उत्तम पकुवाल, विकास निरौला, सन्तोष न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
निरुपित उपाध्यक्ष कुमारसिंह साँवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल, पूर्व कार्यकारीणी उपाध्यक्ष विनोद बस्नेत, शाखाका संस्थापक अध्यक्ष विष्णु प्रसाद रिमालले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
शाखाका अध्यक्ष विरु बेघाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

