राजनीति

निर्वाचन मिति नजिकिँदै जाँदा एमालेद्वारा घरदैलो कार्यक्रमलाई तिब्रता

मेचीनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा नेकपा एमाले मेचीनगरले नगर भित्रका विभिन्न वडाहरूमा घरदैलो कार्यक्रमलाई तिब्रता दिइरहेको छ ।

बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन एमालेले आफ्नो प्रतिबद्धता पत्रसहित जनताको घरदैलोमा गइरहेको छ । यसै क्रममा आज मेचीनगर-७ काे जाेरसिमल, माेहनकित्ता, सुखरसिंह चाेक, गाेमनसरी, सतिघट्टा लगायतका क्षेत्रमा एमालेकाे घरदैलाे कार्यक्रम भइरहेको छ ।

कार्यक्रममा एमालेबाट मेयरका प्रत्यासी उम्मेद्वार गाेपालचन्द्र बुढाथोकी, उपमेयरकी प्रत्यासी उम्मेद्वार मिना पाेखरेल उप्रेती, एमाले केन्द्रीय सदस्य रविन कोईराला, केन्द्रीय सल्लाहकार सदस्य भिम खवास, प्रदेश सांसद श्रीप्रसाद मैनाली, बन्धनकुमार मुण्डा, भरत राई, दिनेश राजबंशी, हिरामाेहन राजबंशीलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागीता रहेको छ ।