काकडभिट्टा। स्वयंसेवा र सामाजिक समावेशीता कायम , “रक्तदान सँगै साइकल यात्रा” साइकल संस्कृतिको विकास र पर्यटन प्रवर्द्धनका लागि भन्दै २२ वर्षीय युवाले एकल मेचीमहाकाली साइकल यात्रा गर्ने भएका छन्,।
पर्वतको कुश्मा नगरपालिका -१० पिपलटारीका २२ वर्षीय सन्देश सुवेदीले भोलि बिहान मेची पुलदेखि मेचीमहाकाली साइकल यात्रा सुरु गर्नेछन्, भने उनले यात्राका क्रममा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गर्दै महाकाली सम्म पुग्ने छन्,।
भोलिदेखि यात्रा शुरु गर्ने उनले यात्राको अघिल्लो दिन आज काकडभिट्टा स्थित लक्ष्मिनारायण मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्,। रक्तदान कार्यक्रममा राप्रपा कि महिला नेतृ तथा मेचीनगर नगरपालिका उपप्रमुख पदकी उम्मेदवार सविना बजगाईँ सहित २० जनाले रक्तदान गरेका छन्,।
मेचीमहाकाली यात्राका क्रममा सुवेदीलाई विश्व साइकल यात्रा गरिरहेका र हालसम्म ७१ देश घुमिसकेका अजित बरालले सहयोगी भुमिका निर्वाह गर्नेछन् ,। यात्राका क्रममा विभिन्न स्थानमा रक्तदान गरिने र समाजसेवीहरुकाे सहयोगमा यात्रा सम्पन्न गर्ने समेत साइकल यात्री सुवेदीले बताए। उनी नेपाल ओलम्पिक कमिटीका साइक्लिङ मेम्बर समेत हुन् ।

