बडाखाल । मेचीनगर ३ को गठबन्धनले भौगोलिक रुपमा विकट रहेको यस वडाका सर्वसाधारणका लागि सेवा केन्द्रका रुपमा बडाखालमा हप्ताको एक दिन वडा कार्यालयको सेवा दिने घोषणपत्रमा उल्लेख गरेका छन् । घोषणा पत्रमा भएका सबै प्रतिबद्धताहरु कटिबद्ध भएर लागु गर्ने प्रतिबद्धताका साथ घरदैलो अभियानमा छन् । सन्तोष दाहालको नेतृत्वमा रहेको गठबन्धन टिमले जनतालाई बर्खामा होस या अन्य समयमा खोला तरेर जानु पर्ने बाध्यतालाई हल गर्न हरेक हप्ता एक दिन सबै काम बडाखालबाट गर्ने र त्यसका लागि पायक पर्ने स्थानमा सबै सेवा दिने अध्यक्षका उम्मेदवार सन्तोष दाहालले बताउनु भयो । मेचीनगर ३ को जनताले ५ वर्षभित्रमा सेवाको अनुभती हुनेगरी काम गर्नेर्छाै मतदातासँग मत माग्दै दाहालले भने हामीलाई सेवा गर्ने अवसर मतदानद्धारा दिनुहोस हामी गरेर प्रमाणित गरेर देखाउनेछौ ।

यसैगरी, अध्यक्षका उम्मेदवार दाहालले सामाजिक सुरक्षा भत्ता विषेश गरेर बृद्ध र एकल भत्ता घरैमा उपलब्ध गराउने, २ वर्षभित्रमा विभिन्न स्रोत जुटाएर यहाँका जनतालाई सेवा दिने गरी वडामा एक थान एम्बुलेन्स खरिद गर्ने, राष्टिय परियोजनाद्धारा महलेचोकबाट वडा कार्यालय क्षेत्रको निन्दा खोलामा झोलुगे पुल बनाउने, शिक्षाको क्षेत्रमा अधिक्त्तम लगानी गरेर शैक्षिक स्तरको विकास गर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँ गाउँमा स्वास्थ्यकर्मीको सेवा उपलब्ध गराउने, किसानलाई सहज रुपमा मल, विउ उपलब्ध गराउने, व्यवसायिक कृषिमा प्राथमिकता दिने, सडक विस्तार गर्नेलगायतका योजनाहरु अघि सारेका छन् ।

गठबन्धनकाल टिममा अध्यक्षमा सन्तोष दाहाल, महिला सदस्य रिता घिमिरे, दलित महिला सदस्यमा सुमित्र दर्नाल, खुल्ला सदस्यमा दिपक भण्डारी र धनबहादुर सारु मगर रहनु भएको छ । यस वडामा काग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एसको सयुक्त गठबन्धन रहेको छ । अहिलेसम्म नेकपा एमालेले एकलौटी नेतृत्व गर्दै आएको यो वडामा यो निर्वाचनमा गठबन्धन र एमालेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँका मतदाता अहिलेको निर्वाचनबाट नयाँ अनुहारको खोजीमा रहेको देखिन्छ ।
हामी अहिले नयाँ अनुहार वडामा ल्याउने योजनामा छौँ एक मतदाताले भने २८ वर्षसम्म एउटा व्यक्तिले वडामा नेतृत्व गरे पनि विकासको कुनै अनुभूती गर्न पाएका छैनौ । गठबन्धन टिम घरदैलोमा पुग्दै गर्दा मतदाताले फेरी पनि कसैलाई नझुक्याउन आग्रह गरेका थिए ।
मेचीनगर ३ भौगोलिक रुपमा ३ वटा खोलाको किनारमा छ । निन्दा र सुकेनिन्दा यस वडाको बिच भागबाट बग्ने गरेको छ । उत्तरमा खम्बुटार, सेङ्लेङटारदेखि दक्षिणमा दोकानडाँडा र पूर्वमा धुरासम्म फैलिएको वडाको वडा कार्यालय भावना चोकमा रहेको छ । अरु समयमा जसो तसो सहज भए पनि बर्खाको समयमा यस वडाका जनता धुलावारीबाट घुमेर जानु पर्ने बाध्यता छ ।

