राजनीति

झापाको भद्रपुर-१ मा एमालेको प्यानलै विजयी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
एमालेबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका राम प्रसाद अधिकारी विजयी भएका हुन् ।

उनले ९३७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् ।

सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए ।  वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।