विविध

नयाँ बसपार्क क्षेत्रबाट १५ महिलासहित ५५ जना पक्राउ

काठमाडौँ, माघ १२। राजधानीको नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले गैरकानुनी क्रियाकलापमा संग्लन ५५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ पुरुष र १५ महिला रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले चेकजाँचको क्रममा शनिबार उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

पक्राउ पर्नेमा केही होटल तथा गेष्ट हाउस संचालक पनि रहेको र सबैलाई महाराजगन्ज बृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँबसपार्क तथा गंगबु क्षेत्रमा प्रहरीले शुद्धीकरण अभियान सञ्चालन गरेर प्रहरीले गलत क्रियाकलापमा संलग्नलाई कारबाही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.