झापा, माघ १२ । झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनको बीचमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । खबर गरे लगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा Read More…
Day: January 26, 2020
जर्वजस्ती करणी गर्न खोज्ने पक्राउ
काठमाडौं, माघ १२ । जाजरकोटमा एक महिलालाई बलत्कार प्रयास गर्ने एक जना पक्राउ परेका छन् । भेरी नगरपालिका २ डिंगाका ४६ बर्षिय दलबहादुर पुनलाई बलत्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानिय अधबैसे एक महिलालाई जर्वजस्ती गर्ने प्रयास गरेपछि ति महिलाले प्रहरीमा जाहेरी दिएकी थिईन । प्रहरीले पिडित महिलाको जाहेरीका आधारमा पक्राउ गरि Read More…
सभामुख पदमा निर्विरोध चुनिए अग्नि सापकोटा
काठमाडौं, माघ १२ । प्रतिनिधि सभाका सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् अग्निप्रसाद सापकोटा निर्विरोध चुनिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद् सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । नेकपाका सांसद् देव गुरुङ र ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् लक्ष्मणलाल कर्णले सो Read More…
गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको अध्यक्षमा गौतम
झापा, माघ १२ । गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको अध्यक्षमा हरि प्रसाद गौतम सर्व सम्मत चयन भएका छन् । कन्काई-४ स्थित गौतम समाजको सभाहलमा शनिबार सम्पन्न महासंघको ९ औं अधिवेशन तथा १५ औं बार्षिक साधारण सभाबाट गौतमको नेतृत्वमा तीन बर्षे कार्यकालका लागि १५ सदस्यिय नँया कार्य समिति चयन भएको हो । महासंघको उपाध्यक्ष Read More…
फाउण्डेशनको अध्यक्षमा ताम्ली
झापा, माघ १२ । सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको प्रकृति फाउण्डेशनको अध्यक्षमा मनोज ताम्ली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । फाउण्डेशनको शनिवार बिर्तामोडमा सम्पन्न चौंथो साधारणसभाबाट उनलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । उपाध्यक्षमा निता घतानी, महासचिवमा अनिता कन्दङ्वा, सचिवमा अशोक खतिवडा, कोषाध्यक्षमा रोशन लामा र सदस्यहरुमा प्रदीप परियार , नारायण पोख्रेल, सुम्निहाङ्ममा Read More…
८७ हजार नगदसहित ८ जुवाडे पक्राउ
काठमाडौँ, माघ १२। काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन्। शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।
नयाँ बसपार्क क्षेत्रबाट १५ महिलासहित ५५ जना पक्राउ
काठमाडौँ, माघ १२। राजधानीको नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले गैरकानुनी क्रियाकलापमा संग्लन ५५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ पुरुष र १५ महिला रहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले चेकजाँचको क्रममा शनिबार उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए । पक्राउ Read More…






