झापा, माघ १२ । गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको अध्यक्षमा हरि प्रसाद गौतम सर्व सम्मत चयन भएका छन् ।
कन्काई-४ स्थित गौतम समाजको सभाहलमा शनिबार सम्पन्न महासंघको ९ औं अधिवेशन तथा १५ औं बार्षिक साधारण सभाबाट गौतमको नेतृत्वमा तीन बर्षे कार्यकालका लागि १५ सदस्यिय नँया कार्य समिति चयन भएको हो ।
महासंघको उपाध्यक्ष कुमार चुडाल, सचिव सोमराज ढकाल, सहसचिव नेत्र प्रसाई, कोषाध्यक्ष शर्मिला अधिकारी र सदस्यहरुमा कृष्ण दंगाल, माया वागदास ,निर्मला खतिवडा ,प्रेमा भट्टराई, गंगा नेपाल , कुन्ता प्याकुरेल , योगेन्द्र पौडेल , मनोज घिमिरे, ओम प्रकाश गौतम र भरत कुसवाह रहेका छन् ।
अधिवेशनको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका गैरसरकारी संस्था महासंघ नेपालका केन्दीय वरिष्ट उपाध्यक्ष ध्रुव नारायण देवले वदलिदौ परिस्थितिमा गैरसकारी संस्थाहरुको दाइत्व वढेकाले सवै गैससहरुले सक्रियता पुर्वक आफ्ना कार्यक्रमहरु अघि वढाउन आग्ह गरे ।
त्यसै गरी विशेष अतिथि केन्द्रिय महासचिव रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु विकासका साझेदार भएकाले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सवै गैसस हरुले नेपाल सरकार सँग सक्रिय साझेदारी गर्नुपर्ने वताएका थिए ।
उदघाट्न सत्र पस्चात निर्वाचनका कार्यक्रम भएको थियो । नेपाल वार एसोसिएसनका सदस्य अधिवक्ता कविता वास्तोला संयोजक रहेको निर्वाचन समितिले १५ सदस्यीय समिति चयन गरेको थियो ।
महासंघ झापा शाखाको अध्यक्षमा हरि प्रसाद गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानु थापा र सञ्चालन सचिव सोमराज ढकालले गरेका थिए ।

