विविध

मेचीनगर-४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाउने

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाउने भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते आइतबार कोलकाताबाट नेपाली महाबाणिज्य दुतावासका प्रमुख महामहिम ईश्वरराज पौडेललगायता विशिष्ट व्यक्तिहरुलाई मेचीनगर ४ स्थित बाहुण्डाँगीमा ल्याई बृह्त कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कार्यक्रममा देश तथा विदेशका विशिष्ट व्यक्तिहरु आउने र उनीहरुसंग सिमा क्षेत्रमा हुने चुनौती र संभावनाको बारेमा अवगत गराउने मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

उनले विश्व वातावरण दिवस कै अवसरमा विभिन्न प्रजातिका २ हजार विरुवा रोप्ने बताए । साथै अवसरमा नेपाल र भारतबाट पनि विज्ञ तथा जिम्मेवारी तहका महानुभावहरुको सहभागिता रहने जनाईएको छ । लामो समयदेखिको हात्तीको समस्या र अन्य वडाका विषयमा सोमबार गोष्ठी समेत आयोजना गरिएको छ ।