खेलकुद

केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी र संगम बराबरी, क्लासिक विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएकाे छ ।

काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले थुप्रै पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् । 

खेलमा उत्कृष्ट प्रदर्शनी गर्न सफल संगमका गोल किपर विशेष खत्री म्यान अफ द म्याच घोषित । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा  ह्याप्पीका प्रनिस परियार घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

त्यसैगरी आज नै भएको दोस्रो खेलमा सुरूवाती अग्रता जोगाउन नसक्दा राइजिङ ब्वाइज एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै क्लासिक वारियर्स विजयी भएको छ । क्लासिकको तर्फबाट आदित्य बुढाथोकीले व्यक्तिगत २ गोल गरे । राइजिङको तर्फबाट  सुदन बेस्राले एक गोल गरे ।

क्लासिक वारियर्सबाट उत्कृष्ट खेलेका आदित्य बुढाथोकी म्यान अफ द म्याच घोषित भए । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा राइजिङ ब्वाइजका सुदन बेस्रा घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित लिगमा १३ अंक सहित ह्याप्पी क्लब शिर्ष स्थानमा छ । ५ अंकसहित क्लासिक वारियर्स दोस्रो, ८ अंकसहित संगम फुटबल क्लब तेस्रो र १ अंकसहित राइजिङ ब्वाइज एफसी पुछारमा रहेको छ ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।