बाहुण्डाँगी । विश्व वातारण दिवसको अवसर पारेर सुर्खेत लेडी जेसीज र कलैया सिटी जेसीजले वृक्षारोपण गरेका छन् । शाखाकी अध्यक्ष मनिषा कौषलको नेतृत्वमा गएको टोलीले काक्रेबिहार मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, प्रहरी प्रशासन तथा शाखाका पदाधिकारीहरुको सहभागिता रहेको शाखाकी कार्यकारीणी उपाध्यक्ष सिता भण्डारीले बताउनु भयो ।

यसैगरी कलैया सिटीले समेत कलैया क्रिकेट क्लबको परिसरमा वृक्षारोपण गरेको हो । म रोप्दैछु विरुवा तपाई नि ? भन्ने नाराका साथ उक्त वृक्षारोपण गरिएको हो । शाखाका अध्यक्ष सन्दिप बरैको नेतृत्वमा भएको कार्यक्रममा अन्तराष्टिय क्रिकेट खेलाडी पवन सराफ, महासचिव सन्दिपकुमार शाह, कार्यकारीणी उपाध्यक्ष सुबास जैशवाल, उपाध्यक्ष, भोला शाह, आदिल अन्सरी तथा क्रिकेट खेलाडीहरुको सहभागिता रहेको थियो ।

