
मेचीनगर । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आज आयोजित कार्यक्रमका बिच मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार मेचीनगरले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

















