समाचार

सवारी दुर्घटना हुदा चालक सहित १३ घाईते

नरेन इलामेली
इलाम ।
इलाममा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मेची राजमार्ग अन्तर्गत जिल्लाको ईलाम नगरपालिका १ मिलगोलाईमा ताप्लेजुङ थुम्मेदिन चाक्सिबोटेबाट झापा तर्फ जादै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको हो । दुर्घटनामा चालक सहित १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहुनेहरुमा ताप्लेजुङ जिल्लाको पाथिभरा याङ्बरक गाउँपालिका ५ बस्ने वर्ष २१ की मनिषा तामाङ, सोही स्थान बस्ने वर्ष २४ को लोकेन्द्र सिलवाल,ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ६ बस्ने वर्ष ३० की निमा खतिवडा, झापाको मेचिनगर नगरपालिका ९ का २२ वर्षिय दिवान राई,सोही स्थान बस्ने १० महिनाकी रियन्सा राई, २२ बर्षिय मञ्जली राई रहेका छन्।

त्यस्तै अन्य घाइते हुनेहरुमा झापको भद्रपुर नगरपालिका ३ का बर्ष ५३ को इन्द्र ब. कार्की, वर्ष ५६ का जित ब. थेबे, पाँचथरको फालेलुङ गाउँपालिका १ की ३२ बर्षिया अप्सरा कोइराला, पाँचथरको याङबरक गाउँपालिका ५ का बर्ष ५१ का प्रेम तामाङ, याङबरक ६ का २३ बर्षिय दिपेन्द्र कोइराला,भोजपूर जिल्ला श्यामसिला गाउँपालिका १ का वर्ष २७ का सुरेन राई र सवारी चालक इलाम जिल्ला इलाम नगरपालिका २ सुम्बेकका २४ बर्षिय चुडामणि घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइतेहरुको इलाम अस्पतालमा सामान्य उपचार पछि झापा पठाइएको प्रहरीले जनाएको छ ।