शिक्षा

होलिबेलका विद्याथीले बृद्धाश्रममा बृद्धासँग खुसी साटे (फोटो फिचर)

मेचीनगर । धुलावारीस्थित होलिबेल आवसीय माविका विद्यार्थीले विर्तामोडमा रहेको एक बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्धाहरुसँग दिनभर रमाइलो गरेका छन् । विद्यार्थीलाई पढाइसँगै बाहिरी वातावरण तथा सामाजिक संकार सिकाउने उदेश्यले विद्यालयले आयोजना गरेको एक दिने स्थानीय क्षेत्रको भ्रमण अन्तरगत बृद्धाश्रममा पुगेर विद्यार्थीले रमाइलोसँगै बृद्धाहरुसँग भलाकुसारी गरेका थिए ।

विद्यार्थीलाई के कारणले मानिसहरु बृद्धाश्रममा आइपुग्छन् ? परिवारका सदस्यले आफ्ना सन्तानलाई के गर्नु पर्दाे रहेछ ? त्यहाँ रहेका बृद्धाहरुको पालनपोषण कसले गर्दैछ ? आखिर किन पुगे त उनीहरु त्यहाँ ? लगायतका जिज्ञासाहरुको समाधान गर्ने र समाजमा कसैले पनि यो स्थानमा पुग्ने वातावरण गर्नु नपरोस भन्ने शिक्षा प्रदान गरिएको थियो ।


शिक्षक दिपेश पाठकको नेतृत्वमा गएका कक्षा १० का ३८ जना विद्यार्थीहरु भ्रमणका क्रममा त्यहाँ पुगेका थिए । विद्यार्थीले बृद्धाहरुहरुलाई एक दिनको भोजन आफै बनाएर खुवाएका थिए भने गीतसंगितमा विद्यार्थी नाचेर बृद्धाहरुलाई समेत छमछमी नचाएका थिए ।

साथै उनीहरुले आफु भन्दा ठूला मान्छेलाई कसरी सम्मान गर्नु पर्छ भन्ने कुरा पनि त्यहाँ पुगेर थप शिक्षा प्राप्त गरेका थिए । भ्रमण टोलीमा शिक्षक विष्णु घिमिरे र प्रोगेन राई समेत सहभागि थिए । त्यहाँ पुगेकी कक्षा १० की विद्यार्थी तान्छोक्मा लावतीले बृद्धाश्रममा नयाँ अनुभव प्राप्त गरेको बताइन् ।

उनले समाजमा छोराछोरीले आफ्ना आमा बुबालाई स्याहार सुसार गर्न नसकेका कारण बाध्य भएर बृद्धाश्रममा पुग्नु पर्ने बाध्यता रहेको आफुले बुझेको बताइन् । उनले भविष्यमा समाजमा यस्तो बाध्यता हटाउन सकारकारले पनि सहयोग गर्नु पर्ने र परिवारले आफ्ना बुबा आमालाई घरमै राख्ने बावातरणको सृजना गर्नु पर्ने बताइन् ।


कक्षा १० कै विद्यार्थी आयु सिवाले समाज बस्ने हरेक मानिसले बृद्धाश्रम जाने बाटो सँधैका लागि बन्द हुनु पर्ने बताउँदै भविष्यमा आफु यो अभियानमा लाग्ने बताइन् ।


साथै उनीहरुले सोही दिन चारआली स्थित सर्पदंश उपचार केन्द्रमा पुगेर सर्पको टोकाइबाट हुने घटनाका बारेमा जानकारी लिएका थिए । विद्यार्थीलाई नेपालमा पाइने सर्पका प्रकार र यसको असरका बारेमा जानकारी गराइएको विद्यालयका सहायक सञ्चालक सुरज कार्कीले बताउनु भयो ।

विद्यालयकी प्रिन्सिपल अरिस्ता प्रधानले विद्यार्थीलाई कक्षाकोठाको कोराकिताबी ज्ञान मात्रले नपुग्ने बताउनु हुँदै विद्यार्थीलाई बाहिरी वातावरणका बारेमा जानकारी गराउन समय समयमा यस किसिमका कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।