बाहुण्डाँगी । बेथानचोक जेसीजको आयोजनामा मंगलवार सिभिल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु तथा प्रशिक्षकहरुका लागि डायरी तथा कलम वितरण गरिएको छ । श्री पार्वती माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरि अध्ययनरत विद्यार्थीहरुका लागि डायरी वितरण गरिएको हो ।

शाखाका अधयक्ष डिगमान लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेथानचोक गाउँपालिका वडा न २ का वडा अध्यक्ष पुरुशोत्तम तिमल्सिना, बेथानचोक गाउँपालिकाको शिक्षा शाखा प्रमुख पुस्पा राई, पार्बती बहुमुखी क्याम्पस का सहायक क्याम्पस प्रमुख एवं जेसिज २०२० का पुर्ब अध्यक्ष राजेश तिमल्सिना, पार्बती मा.बि का प्रअ गोबिन्द शर्मा र बेथानचोक जेसिज बर्ष २०२२ का अध्यक्ष डिगमान लामाले मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रम बिधालय ब्यबस्थापन समितिका सदस्य हरु, सो बिधालयका शिक्षक एव जेसिज अभियन्ताहरुको उपस्थित थियो।
कार्यक्रमको संयोजक कार्यकारीणी उपाध्यक्ष मोहनकृष्ण तिमल्सिना तथा सञ्चालन पदम नारायण तिमल्सिनाले गर्नुभएको थियो ।

स्थापनाकाल देखिनै समाजसेवाको क्षेत्रमा निरंतर क्रीयासिल रहेको बेथानचोक जेसिजले समुदायमा आधारित विभिन्न शैक्षिक,सामाजिक,बन संरक्षण,स्वास्थ लगायतका बिभिन्न रचनात्मक कार्यक्रम हरु गर्दै आईरहेको छ र बेथानचोक जेसिजले भर्खरै एरिया सि को उत्कृष्ट शाखाको रुपमा अवार्ड समेत प्राप्त गरेको छ ।

