संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा विद्यार्थीलाई छात्राबृत्ति वितरण

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २०२२ को जेसीज सप्ताह अन्तर्गत मंगलवार विद्यार्थीलाई छात्राबृत्ति वितरण गरिएको छ । सप्ताहको चौथो कार्यक्रम शाखाले बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा अध्ययनरत छात्राहरुलाई छात्राबृत्ति वितरण गरेको छ ।

शाखाले सो विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुका लागि एक वर्षसम्म लाग्ने सम्पूर्ण विद्यालयको खर्च बराबरको छात्राबृत्ति वितरण प्रदान गरिएको हो ।


शाखाकी अध्यक्ष अनु श्रेष्ठ अधिकारीको सभापतित्व तथा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सिनेटर सम्झना प्रदान, मातृ शाखा नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठ, शाखाका पूर्व अध्यक्षहरु मनषा थैव, रमा श्रेष्ठ, बालकमाुरी कन्या माविका सहप्रधानाध्यापक विष्णु प्रसाद वाग्ले, नारायणगढ लेडी जेसीजकी बरिष्ठ सदस्य सम्झना श्रेष्ठ, शाखाका पदाधिकारी, विद्यालयका शिक्षकलगायतको सहभागिता रहेको थियो ।

गौरी गुरुगंको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव हिमा श्रेष्ठले गर्नु भएको थियो ।