समाचार

झापामा आगलागी हुँदा ६ घर जलेर खरानी

झापा । झापामा आगलागी हुँदा ६ घर जलेर खरानी भएको छ । झापा गाउँपालिका- ५ स्थित सिमलडाँगीमा बुधवार बिहान ४ बजेर २० मिनेटमा अवदुल कोरिम अलिको घरमा विद्युत् सर्ट भई आगो लागेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । अलिको घरमा सल्किएको आगोले अन्य पाँच घर पनि जलेको उनले बताए । 

आगलागीबाट अलिको टिनको छाना, बाँसको टाटीबेराले बनेको एक तले घरमा जल्नुका साथै घरभित्र रहेका लत्ता–कपडा, अन्नपात, भाँडा वर्तन गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यस्तै आगलागीबाट अब्दुल जुलास अलिको ३ लाख,  अमोर अलिको २ लाख ५० हजार, अनाबर अलिको  ३ लाख ५० हजार, ईस्माइल अलिको ३ लाख ७५ हजार र शमित अलिको ४ लाख ५० रुपैयाँ बराबरको क्षति भएको छ । 

उनीहरू सबैको घर टिनको छाना, बाँसको टाटीबेराले बनेको एक तले घर थियो । घरभित्र रहेका  लत्ता–कपडा, अन्नपात, भाँडा वर्तन सबै जलेर नष्ट भएको डिएसपी पाठकले बताए ।
घरहरूमा लागेको आगो इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी शरणामति र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।