अन्य

नव जीवन पर‍ोपकार संस्था मेचीनगरको संयोजकमा भट्टराई

मेचीनगर । नव जीवन पर‍ोपकार संस्था मेचीनगरको संयोजकमा युवा समाजसेवी एवम् मेचीनगर ८ का वडासदस्य बिष्णु भट्टराई चयन भएका छन् । शनिबार मेचीनगर ८ स्थित दुर्गा मन्दिर परिसरमा आयोजना भएको भेलाले भट्टराईको संयोजकत्वमा १३ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

May be an image of 1 person and sky

सामाजिक परोपकारी कार्य गर्न गठित तदर्थ समितिको सदस्यहरुमा बिष्णुलाल गिरी, दोर्ण खनाल, टेकप्रसाद कोइराला, सुर्य अधिकारी, गम्भिरध्वज मगर, मिलन विश्वकर्मा, बालकृष्ण ढुङ्गना, सुनिल ओली, राजेश गिरी र राजु तामाङ रहेका छन् ।

अब यो तदर्थ समितिले संस्थाको विधान, आगामी कार्य योजना र नयाँ कार्य समिति चयनलगायतको कार्य गर्ने छ ।