संघ \संस्था

बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको अभिभावक बन्दै गौरादह जेसीज

बाहुण्डाँगी । गौरादह र गौरादह जेसीजले बिपन्न, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको अभिभाकत्व ग्रहण गरेको छ। गौरादह जेसीजको १० औं स्थापना दिवसको अवसरमा नगरपालिका भित्र रहेका गरिब तथा जेहेन्दार २ जना बिद्यार्थीहरुको अभिभावक बनेको छ।नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा रहेका बिद्यार्थीहरु मध्येबाट २ जना बिद्यार्थी छनौट गरि बिद्यार्थीका लागि चाहिने आवश्यक सामग्री बितरण गरेको गौरादह जेसीज का पुर्ब अध्यक्ष जेसी क्रान्तिदिप काफ्लेले जानकारी गराएका छन।

बिद्यालयमा गएर पढ्न सक्ने वातावरण नभएका निम्न आय भएका जनमजदुर गरि जिबिको पार्जन गरिरहेका अभिभावकका छोराछोरिहरुलाई पठनपाठनमा सहयोग पुर्याउन गौरादह जेसीज बिद्यार्थीहरुको अभिभावक बनेको हो । जेसीजको अभिभावकत्व पाउने बिद्यार्थीमा गौरादह नगरपालिका वडा नं ( ४ मा रहेको डोरामारी मा।बि। मा कक्षा (६ मा अध्यानरत बिद्यार्थी अर्जुन पोख्रेल र भद्रकाली मा. वि. कक्षा ६ मा अध्यानरत बिद्यार्थी सन्दिप ताजपुरिया रहेका छन। स्थापना दिवसको अवसरमा गौरादह जेसीजले २ बिद्यार्थीहरुको अभिभावक बनेको घोषणा गर्दै बिद्यार्थीलाई बिद्यालय पोसाक, ब्याग, जुत्तामोजा, कापी डट, ज्यामिती बाकस, मन्जन र ब्रस लगायतका सामाग्री बितरण गरेको छ।

गौरादह जेसिजको १० औ स्थापना दिवसको अवसरको समयमा गौरादह जेसीज बर्ष २०२२ कि अध्यक्ष जेसी बिनिता कटुवालको जन्मदिन परेकाले छनौटमा परेका २ बिद्यार्थीका लागि यसबर्षको आवश्यक सामग्री आफुले व्यवस्थापन गरेको अध्यक्ष कटुवालले बताइन। जेसीजले अभिभावकत्व ग्रहण गरेका २ बिद्यार्थीहरुले कक्षा १० सम्मको अध्यान सम्मका लागि सहयोग गर्ने कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै जेसि प्रकाश भट्टराईले जानकारी गराए। यस बर्ष बिद्यार्थीहरुले पाठ्यपुस्तक खरिद गरिसकेकाले स्टेसनरी सामाग्री बितरण गरिएको र आगामी बर्षदेखि पाठ्यपुस्तक सहित आवश्यक सामाग्री बितरण गरिने जेसिज भट्टराईले बताएका छन।गौरादह जेसीजको १० औं स्थापना दिवसको समयमा गौरादह जेसीजका संस्थापक अध्यक्ष बिजय सिटौला र गौरादह जेसिज बर्ष २०२२ कि अध्यक्ष जेसी बिनिता कटुवालको जन्मदिन परेकाले केक काटेर जन्मदिन मनाउदै शुभकामना आदनप्रदान गरिएको थियो।

गौरादह डिपु चौकको माछापुच्छ्रे होटलको सभाहलमा संचालन भएको स्थापना दिवसको कार्यक्रममा गौरादह जेसीज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालको सभापतित्वमा सम्पन्न भएको थियो।गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपति सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै समाज रुपान्तरणका क्षेत्रमा जेसीजले पुर्याएको योगदानको चर्चा गरेका थिए।कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख जलबर्षा राजवंशी, नेपाल जेसीज बर्ष २०२२ का उपाध्यक्ष कुमार सिंह साँवा लिम्बू, डोरामारी मा.बि. र भद्रकाली मा.बि. का प्रधानाध्यापक केदार बहादुर भण्डारी र रेवलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं २ का वडाध्यक्ष गोपाल प्रसाद कोईराला, वडा नं ३ का वडाध्यक्ष दिलिप भण्डारी लगायतको उपस्थिति रहेको थियो। गौरादह जेसीजका महासचिव जेसी खड्गबहादुर थापाले कार्यक्रमको संचालन गरेका थिए।
साभार पर्दाफास अनलाइन