संघ \संस्था

कालिकाको जेसीज सप्ताहमा लागु औषध दुव्र्यसनी सम्बन्धि तालिम

बाहुण्डाँगी । कालिका जेसीजको जेसीज सप्ताह अन्तर्गतको चौथो दिनको कार्यक्रममा लागुऔषध दुव्र्यसनी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कालिका नगरपालिकाको वडा नम्बर १ मा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरिक्षक देवराज शर्माले सहभागिलाई प्रशिश्रण गराउनु भएको थियो ।


शाखाकी अध्यक्ष मेनुका थापा अधिकारीको सभापतित्वमा तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक देबराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तबिर स्याङ्ताङ, कालिका जेसीजका मानार्थ सदस्य जितेन्द्र वाग्ले सामाजिक व्यक्तित्व अशोक स्याङ्ताङको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक सरोज गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कानुनी सल्लाहकार अमृत अमगाईले गर्नु भएको थियो ।
८५ जना उपस्थिति भएको कार्यक्रममा जेसीज आस्था उपाध्यक्ष सुशिल कोइरालाले गर्नु भएको थियो ।