संघ \संस्था

कालिका जेसीजको सप्ताहमा पशुपक्षी सम्बन्धि तालिम

बाहुण्डाँगी । कालिका जेसीजको जारी जेसीज सप्ताह अन्तर्गत बुधवार पशुपक्षी सम्बन्धि एक दिने तालिमको आयोजना गरिएको छ । रेडक्रस भवन कालिका ९ मा आयोजित कार्यक्रममा पशुपक्षी व्यवसायीहरुको व्यवसाय पर्बद्धन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । शाखाका कोषाध्यक्ष समेत रहनु भएका तालिम आयुक्त डाक्टर बिरेन्द्र तिमिल्सिनाले सहजीकरण गर्नु भएको कार्यक्रममा ६० जना कृषकहरुको सहभागिता रहेको थियो ।


शाखाकी अध्यक्ष मेनुका थापा अधिकारीको सभापतित्व तथा कालिका ९ का वडा अध्यक्ष निलकण्ठ मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु सामाजिक व्यक्तित्व निरुजा श्रेष्ठ, उत्थान दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडका सचिव मिलन पाण्डेको सहभागिता रहेको थियो ।


कार्यकारीणी उपाध्यक्ष निरञ्जन सापकोटाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव प्रेम भट्टराईले गर्नु भएको थियो ।
यसैगरी सप्ताहकै अवसर पारेर कालिका जेसीजले कलिका नगरपालिका ४ मा व्यवसायी फुल खेती तालिम तथा १८०० ओटा सयपत्री फुल‍को बिरुवा र‍ोप्ने काम गरि ब्यवसायि फुलखेती सम्पन्न गरिएको थियो ।