बाहुण्डाँगी । सुर्खेत महिला जेसीज–२०२२ को आयोजनामा तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। बुधवार वीरेन्द्रनगरमा जेसीजको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन तालिमको आयोजना गरिएको हो।

पछिल्लो समय बढ्दै गएको आत्महत्या, डिप्रेसन र चिन्ता जस्ता मानसिक रोग घटना बढ्दै गएकाले जनचेतनाका लागि तालिमको आयोजना गरिएको महिला जेसीज वर्ष– २०२२ की अध्यक्ष मनिषा कौशलले जानकारी दिइन्।

करिव ५० जनाभन्दा बढीको सहभागिता रहेको तालिमको सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका उप–प्राध्यायापक ललितजंग शाहीले गरेका थिए। तालिमले अनावश्यक तनाव, मानसिक समस्या जस्ता समस्याबाट मुक्त हुने उपाएका बारेमा चर्चा गरिएको महासचिव मिना गुरुङले बताउनु भयो ।

शाखाकी अध्यक्ष मनिषा कौशलको सभापतित्व तथा क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सुर्खेत महिला जेसीज वर्ष २०१३ को अध्यक्ष ज्योती कार्की पौडेल रहनु भएको कार्यकारीणी उपाध्यक्ष सिता घण्डारीले बताउनु भयो ।

