संघ \संस्था

सम्मेलनको निम्तो बाढदै शाखा–शाखामा इन्द्रपुर जेसीज

बाहुण्डाँगी । क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनका निम्तो गर्दै आथित्यता शाखा इन्द्रपुर जेसीज प्रत्येक शाखामा पुग्दैछ । नेपाल जेसीजको आयोजनामा भदौ १७ र १८ गते सम्पन्न हुने क्षेत्रीय सम्मेलनको निम्तोसहित कार्यक्रमको बारेमा जानकारी गराउँदै सम्मेलन समितिका पदाधिकारी तथा बोर्डका पदाधिकारीहरु शाखामा पुगिरहेका छन् । सोमवार साँझ सुदुर पुर्वकै शाखा बाहुण्डाँगीमा पुगेर निम्तो दिएको थियो । आजै झापाको मेचीनगर लेडी, धुलावारी जेसीज, चारआली जेसीज, बुधवारे जेसीज, भद्रपुर, विरता, विरता लेडीसहित झापाका सबै शाखाहरुमा निमन्त्रणा गरिएको शाखाका निवर्तमान अध्यक्ष कृष्ण ओझाले बताउनु भयो ।

यसैगरी सोमवारसम्ममा कोसी पूर्वका सबै शाखाहरुमा निम्तो बाढिसकिएको र अब ५ गते क्षेत्र ख सम्मेलनबाट फर्कदा कोसी पारीका सबै शाखामा निम्तो वितरण गरिसक्ने २०२२ का अध्यक्ष भवानी ढकालले बताउनु भयो ।

सम्मेलन निर्देशक तथा शाखाका पूर्व अध्यक्ष नारायण कार्कीको नेतृत्वमा निवर्तमान अध्यक्ष कृष्ण ओझा, पूर्व अध्यक्षहरु गणेश भट्टराई, सारदा ढकाल, निरुपित उपाध्यक्ष राजिप प्रसाईसहित बोर्डका पदाधिकारीहरुको टोली निमन्त्रणा गर्दै शाखामा पुगिरहेको शाखाका तालिम संयोजक आकाश दुलालले बताउनु भयो ।
निर्देशक कार्कीका अनुसार सम्मेलन अन्य वर्षहरु भन्दा फरक तरिकाले सञ्चालन गर्ने र सहभागिलाई पनि पूर्ण आत्मासन्तुष्टि हुने गरी सम्पन्न गर्ने तयारीमा रहेकाले सहभागि हुनका लागि आग्रह गर्नु भयो ।