संघ \संस्था

‘इन्द्रपुर कन्फ्रेन्सको सबै तयारी पुरा’– निर्देशक नारायण कार्की

बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको सबै तयारी पुरा भएको सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु भयो ।
इन्द्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘सबै तयारी पुरा भएको छ’ सम्मेलन निर्देशक कार्कीले भन्नु भयो –‘अब केही आन्तरिक तयारीका कामहरु मात्र बाँकी छन् । अन्य आवास, खाना, अतिथि सत्कार, उद्घाटन समारोह व्यवस्थापनलगायतका कामहरु सम्पन्न भएको छ ।’


सम्मेलनको उद्घाटन शाखाको सचिवालयमा हुनेछ भने अन्य कार्यक्रमहरु थ्री स्टार होटल नेपालीरिकामा हुने निर्देशक कार्कीले बताउनु भयो ।
गत वर्ष इनरुवामा सम्पन्न क्षेत्रीय सम्मेलनबाट इन्द्रपुरले आतिथ्यता गर्ने अवसर पाएको थियो । सम्मेलनका तयारीका लागि शाखा पदाधिकारी, क्षेत्र क का शाखा अध्यक्षहरु, यस क्षेत्रका सामाजिक तथा विभिन्न संघ संस्थाका व्यक्तिहरुको अतुलनीय सहयोग रहेको उहाँले बताउनु भयो ।


सम्मेलनमा तालिम, बसाई व्यवस्थापन तथा अन्य विभिन्न मनोरञ्जनका कार्यक्रम रहेको र अन्य वर्षको भन्दा पृथक गर्ने अयिभानका साथ सिंगो इन्द्रपुर जेसीज अहोरात्र लागि परेको र यसले केही न केही नयाँ आयाम थप्ने शाखाका पूर्व अध्यक्ष समेत रहनु भएका निर्देशक कार्कीले बताउनु भयो । उहाँले बिहान साढे १० बजे उद्घाटन समारोह रहेको समेत बताउनु भयो ।
शुक्रवार उद्घाटनसँगै गत स्थानीय निर्वाचनमा निर्वाचत जनप्रतिनिधिलाई सम्मान, क्षेत्रीय स्तरको वक्तित्वकला प्रतियोगिता तथा जेसीजका नियमित कार्यक्रम हुनेछन् भने शनिवार बिहान प्रभातफेरी तथा दिउँसो विविध कार्यक्रमका साथ सम्पन्न हुनेछ ।


सम्मेलनलाई सफल बनाउनका लागि विभिन्न उद्योग, शैक्षिक संघ संस्था, सहकारी, अस्पताल तथा सामाजिक संघ संस्थाको सहयोग छ । जसमा पिएलओ लुब्रिकेट्स, नेपालीरिका होटल, प्रिन्स इटा उद्योग, नोबेल मेडिकल कलेज, सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर बहुउदेश्य सहकारी, हातेमालो बहुउदेश्य सहकारी, सुकुना बचत तथा ऋण सहकारी, झुल्के बचत तथा ऋण सहकारी, कञ्चनजंगा इन्डस्टिज, पाथीपरा वासिङ उद्योग, इन्द्रपुर खानेपानी, लामा टेर्डस, चिसाङ कर्सर उद्योगको ठूलो साथ र सहयोग रहेको कार्कीले बताउनु भयो ।