झापा । बाहुण्डाँगी जेसीजले आफ्नो १२औं स्थापना दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको छ ।

मेचिनगर७ काँकरभिट्टा स्थित जागृत बाल उद्धार केन्द्रमा रहेको १६ जना अनाथ बालबालिकालाई संस्थाले नगद रकमसहित दैनिकी उपभोग्य सामग्री र खाद्यान्न हस्तान्तरण गरेको बाहुण्डाँगी जेसीज बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले जानकारी दिए ।

अनाथ बालबालिकासंगै आफ्नो स्थापना दिवस मनाएको संस्थाले संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायत वोर्डका पदाधिकारीबाट केक काटेर आफ्नो स्थापना दिवस सम्पन्न गरेको छ ।

