बाहुण्डाँगी । जेसीआई एकाडेमी २०२२ मा सहभागि हुन नेपालको तर्फबाट कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला जापान पुग्नु भएको छ ।
सेक्टेम्बर १९ देखि २३ तारिखसम्म हुने एकाडेमीमा सहभागि हुन अन्तराष्ट्रिय सेक्टरका इभिपि निरौला जापान पुग्नु भएको हो ।

नेपालबाट सहभागि हुन उहाँ एकमात्र प्रतिनिधि हो । जेसीआई जापानको आयोजना तथा हुने एकाडेमीमा जेसीआईका अध्यक्षसहित विभिन्न देशबाट प्रतिनिधिहरु सहभागि हुँदैछन् । जापान जेसीजको निमन्त्रणामा निरौला जापान पुगेका हुन् ।

तालिमहरुको तालिमका रुपमा मानिने यो एकाडेमीमा एक देशको तर्फबाट एक जनाले मात्र सहभागि हुने अवसर पाउँछ । हालसम्म यो एकाडेमीबाट ४ हजार ३ सय १७ जना दिक्षित भइसकेका छन् ।

निरौलालाई बिहिवार झापाको विर्तामोडमा झापाका शाखाहरुले भव्य विदाईसहित सफलताको शुभकामना दिएका थिए । विर्तामोडमा आयोजित विदाइ समारोहमा झापाका विभिन्न शाखाका पदाधिकारीहरुको भेलाले निरौलालाई विदाइ गरेका थिए ।

