संघ \संस्था

महिला जनप्रतिनिधिहरुलाई नेतृत्वमा ल्याउन शि लिड्स नेपालको कार्यशाला सम्पन्न

झापा । झापाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्वमा ल्याउन शि लिड्स नेपालको कार्यशाला सम्पन्न भएको छ ।

भादौ २९ देखि शुरु भएको कार्यशालामा ४ वटा वडाका महिला सदस्यहरु पहिलो चरण र त्यसैगरी सम्पूर्ण वडा र नगरपालिकाहरुमा कार्यशाला सम्पन्न हुने भएको छ । झापाका ५ वटा नगरपालिका र ३ वटा गाँउपालिकामा गराइने कार्यशाला मेचीनगर नगरपालिकाका महिला वडा सदस्यहरुलाई दिएर शुरुवात भएको हो ।

खासगरी महिलाहरुको राजनीतिमा अर्थपूर्ण सहभागिता गराउने उदेश्यले कार्यशालाको आयोजना गरिएको बताइएको छ । दलित महिला केन्द्र नेपालको आयोजना तथा स्विस सरकार तथा अस्ट्रेलियन एडको आर्थिक सहयोग र आइ एफ इ एस को प्राबिधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

No description available.

सि लिड्स झापा जिल्ला संयोजक सम्झना पोख्रेल र सोम ढकालले कार्यशालाको सहजिकरण गरेका थिए ।