समाचार

एमाले अध्यक्ष ओली रेलमा सरर

जनकपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर–जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर पुगेका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।

उनलाई पर्खिँदा जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् ।

काठमाडौं–जनकपुरधाम उडान भर्ने विमान ढिलो भएका कारण जनकपुरबाट जयनगर ११ बजे गुड्ने रेलले ओलीलाई एक घण्टा पर्खेको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।