बाहुण्डाँगी । नेपाल जेसीज २०२२ का कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला जेसीआई एकाडेमीबाट जापानमा दिक्षित भएका छन् । जापान जेसीजको आयोजनामा सेप्टेम्बर १६ तारिख देखि २४ तारिखसम्म ओदावारा जापानमा भएको एकाडेमीबाट नेपालबाट एक मात्र सहभागि निरौला दिक्षित बनेका हुन् ।

उक्त एकोडेमीमा एउटा देश बाट एक जना उच्च रास्ट्रीय पदाधिकारी मात्र सहभागी हुन पाउने छन् । जसको सम्पूर्ण खर्च जापान जेसीजले बेहोर्छ । सन २०२० र २०२१ मा कोभिड ले गर्दा हुन नसकेको एकाडेमी २०२२ मा ३५ औँ एकाडेमीका रुपमा सम्पन्न भएको थियो ।

तालिम, नेट्वर्किङ्ग, सामुहिक खेल, सिकाई र नेतृत्व तथा ब्यक्तित्व बिकास मा जेसीज को सबै भन्दा बृहत् तालिम भएको थियो ।
तालिमको मुख्य प्रशिक्षकका रुपमा अन्तर्राष्ट्रिय जेसीज का २०१६ का अध्यक्ष पास्कल डिके रहनु भएको थियो ।

समापन समारोहमा जेसीआई का २०२२ का अध्यक्ष आर्गेनिस एङुलो, निवर्तमान अन्तर्राष्ट्रिय अध्यक्ष रुब्युन कोजिमा , एसिया प्यासिफिक कार्यकारीणी उपाध्यक्ष फेङ्ग कोच, जेसीआई का महासचिव केभिन हिन लगायतले नेपालका निरौलालाई दिक्षित गरेका थिए ।

एकाडेमीमा बिश्व भरी बाट ६९ अन्तर्राष्ट्रिय सहभागी जापान बाट ९६ गरि १६५ जना सहभागी थिए । निरौला सोमवार नेपाल आइपुग्नेछन् । https://www.facebook.com/1017650404/videos/458535456307070/

