बाहुण्डाँगी । दशैको आगमनसँगै होलीबेल अंग्रेजी स्कुल धुलावारीले विद्यार्थीहरुका लागि विद्यालयमा लिङ्गे पिङ बनाइदिएको छ ।
विद्यालय प्रांगणमा निर्माण गरिएको उक्त लिङ्गे पिङको आइतवार उद्घाटन गरिएको हो ।

हाम्रो पम्परा हाम्रो संस्कृति भन्ने नारालाई आत्मासाथ गर्दै विद्यालयले विद्यार्थीहरुलाई दशै र लिङ्गे पिङको महत्वलाई उजागर गर्नका निम्ति पहिलो पटक विद्यालयमा पिङ सञ्चालन गरेको विद्यालयकी प्रिन्सिपल अरिस्ता प्रधानले बताउनु भयो ।

पछिल्लो समय हाम्रो परम्परा र संस्कृति हराउँदै गइरहेको अवस्थामा यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएकाले विद्यार्थीहरुलाई यसको महत्व बुझाउनका लागि उनीहरुका लागि लिङ्गे पिङ सञ्चालन गरिएको निर्देशक अनिता प्रधानले बताउनु भयो । उहाँले नेपालीको मौलिक प्रविधिको जगेर्ना तथा विद्यालयका सा साना नानीहरुको खुसीका लागि सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

लिङ्गे पिङ सञ्चालन गरेपछि सबै कक्षाका विद्यार्थीहरुलाई पालैपालो खेल्ने अवसर दिएको र विद्यार्थीहरु खुसीको अनुभूति गरेको विद्यालयका सहायक निर्देशक सुरज कार्कीले बताउनु भयो ।
स्मरण रहोस यो विद्यालय मेचीनगरको शैक्षिक क्षेत्रमा अब्बल सावित भइसकेको छ ।










