संघ \संस्था

गछिया जेसीजद्धारा ५० प्रिन्ट रक्तदान

बाहुण्डाागी । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने नारालाई आत्मासाथ गर्दै गछिया जेसीजले रक्तदान सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरगंको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ५० प्रिन्ट रगत संकलन भएको थियो ।

शाखाका अध्यक्ष मदन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट गछियाका प्रमुख गणेश दाहाल, पूर्व अध्यक्षहरु नेत्र दुलाल, बोधराज रिजाल, मनोज रेग्मीले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव पुष्पा सिग्देल ढुङ्गेल गर्नु भएको थियो ।