राजनीति

झापा: सत्ता गठवन्धनको सिट बाँडफाँड

झापा । सत्ता गठवन्धनले झापाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । ५ निर्वाचन क्षेत्र रहेको झापामा सत्ता गठबन्धनले संघमा १,३,४,५ नेपाली काँग्रेस र २ न क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै प्रदेशमा
झापा क्षेत्र नं १ को क कांग्रेस ख माओवादी, क्षेत्र नं २ को क एस, ख कांग्रेस, क्षेत्र न ३ को क कांग्रेस, ख माओवादी, क्षेत्र नं ४ को क माओबादी, ख कांग्रेस र क्षेत्र नं ५ को क कांग्रेस, ख माओवादीलाई दिने सहमति भएको ।

यता एमाले,राप्रपा,जसपा गठवन्धन बाट झापामा संघको क्षेत्र नं १,२,४,५ मा एमाले र क्षेत्र नं ३ राप्रपाले पाउने भएको छ । प्रदेशमा क्षेत्र नं १ को ख राप्रपा र क्षेत्र नं ४ को ख राप्रपाले पाउने गरी सहमति भएको छ । अन्यमा एमालेले नै राख्ने सहमती भएको छ ।