राजनीति

कांग्रेसका बागी उम्मेदवार चित्र जिसी डां शशाकं कोइरालासँग चुनाव लड्दै


देवचुली । नवलपरासी बर्दघाटन सस्त पूर्वका युवा व्यवसायी चित्र जिसीले कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिनु भएको छ । उनले आइतवार कावासोती नगरपालिकामा गएर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गर्नु भएका जिसीले नेपाली पूर्व महामन्त्री डां शशाकं कोइरालासँग चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस अघिको निर्वाचनमा तिनै शशाकं कोइरालालाई जिताउन जिलो ज्यान दिएर हिड्नु भएका जिसीले यो पटक उनकै विरुद्धमा उम्मेदवारी दिनु भएको छ ।


जिसी होटल र पर्यटनको क्षेत्रमा रहेर व्यवसाय गर्दै आउनु भएको थियो । यस क्षेत्रमा युवाहरु माझ अत्यन्तै लोकप्रिय जिसी कांग्रेसमा पनि उत्तिकै लोकप्रिय मानिनुहुन्छ । उहाँले प्रतिनिधिसभामा युवाहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुले उम्मेदवारी दिएको र आफनो जित निश्चित भएको बताउनु भयो । उहाँ रजहर जेसीजका पूर्व अध्यक्षसहित विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व गरिसक्नु भएको छ ।