झापा । सत्ता गठबन्धनले निर्वाचन आरसंहिताको ठाडो उल्लङ्घन गरी सरकारी कर्मचारी र प्रहरीको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहिको माग गरेका छन् ।
गृह जिल्ला झापामा बुधबार बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले गठबन्धनका उम्मेद्वारहरुले भुमी आयोगका कर्मचारी र प्रहरीलाई प्रयोग गरी भोट मागिरहेको बताउँदै निर्वाचन आचारसंहिता उल्लंघन भएको बताए ।

चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या भएको भन्दै मंगलबारको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरेका ओलीले बुधबार झापाको धुलाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचारसंहिताको उल्लंघन गर्ने गठबन्धनलाई कारबही गर्न निर्देशन दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको समेत उपस्थिती रहेको कार्यक्रममा ओलीले कांग्रेसको सरकार पटक–पटक सत्तामा आउँदा कुनै काम नगरेको र गठबन्धनसँग कुनै एजेण्डा नभएको भन्दै एमालेको बहुमत आवश्यक रहेको बताए ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेद्वार ओलीले यस पटकको निर्वाचनमा १ सय ५० भन्दा बढी सिट एमालेले ल्याउने ठोकुवा समेत गरेका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन, झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अग्निप्रपाद खरेल, प्रदेश (क) का उम्मेदवार रविन कोइराला, (ख) का उम्मेदवार सबिना बजगाईलगायतले बोलेको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दिपक कार्की, केन्द्रिय सल्लाहकार सदस्य भिम खवास, प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली, निलकण्ठ तिवारी, राजु कार्कीलगायत एमाले तथा राप्रपाका केन्द्र देखि जिल्लातहसम्मका नेता तथा अग्रज कार्यकर्ताको उपस्थित रहेको थियो ।
केन्द्रिय सल्लाहकार सदस्य हरिचरण बानिँयाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल र सञ्चालन जिल्ला सदस्य टिका मग्रान्तीले गरेका थिए ।

