बाहुण्डाँगी । गैडाकोट जेसीज २०२२ को जेसीज सप्ताह सम्पन्न भएको छ । असोज ३० गतेबाट सुरु भएको यस वर्षको सप्ताह असोज ५ गते सम्पन्न भएको हो । समापनको अवसरमा शाखाले बिमा साक्षरता कार्यक्रमको आयोजना गरेको थियो । ३० गते वित्तिय साक्षरताबाट सुरु गरेको सप्ताह अन्तर्गत क्षयारोग सचेतना, निर्वाचन सचेतना, वास्तु ज्ञान तथा सेमीनार, फुटसल प्रतियोगिता, आँखा दान कार्यक्रमलगायतका कार्यक्रम सम्पन्न गरेको थियो ।

समापन समोारहको अध्यक्षता शाखाका अध्यक्ष शंकर अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनाल रहनु भएको थियो । समापन कार्यक्रममा सप्ताह सम्पन्न गर्न साथ सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो । अध्यक्ष अधिकारीले सप्ताह सम्पन्न गर्न साथ सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नु भएको थियो ।







