समाचार

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रािद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै शर्मा निर्वाचित भएका छन् । महामन्त्री शर्माले ३९६२४ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गरे ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्माले तेस्रोपटकमा भारी मतका साथ विजय हासिल गरेका हुन् । शर्माको विजयको आधिकारिक घोषणा गर्न भने बाकी रहेको निर्वाचन आयोगले जनाएको छ ।