काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी Read More…
Month: December 2022
एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन
झापा। नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत चयन गरिएको सांसद बुद्धिकुमार राजभण्डारीले बताए। कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित भएका हुन्। कार्कीलाई तिलकुमार मेयाङ्बो र रेवतीरमण भण्डारीले समर्थन गरेका थिए।
झापाको गौरीगञ्जमा थ्रेसरसहित धान जल्यो
झापा । झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित डौवाबारीमा नगेन्द्र ढकालको धानमा आगलागी भएको छ । धानमा थ्रेसर लगाउने क्रममा आइतबार बिहान करिब ११ बजे आगलागी भएको हो । ढकालको पौन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले बताए । Read More…
बक्सिङ च्याम्पियनसिप : छनोट खेल्ने झापाका खेलाडीको विदाइ
बिर्तामोड । थाइल्यान्डमा आयोजना हुने एएसबिसी यु–२२ मेन्स एन्ड उमेन्स बक्सिङ च्याम्पियनसिपको छनोट खेलका लागि झापाका दुई खेलाडीलाई विदाइ गरिएको छ । नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाका अनुसार पुरुष तथा महिला खेलाडीको छनोट पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ । आज मेची रंगशालामा आयोजित एक कार्यक्रमका बीच झापाका बक्सिङ खेलाडीको विदाइ गरिएको Read More…
सुसेलीको सम्मान कार्यक्रम : कर्मठ महिला पुरस्कार जनितालाई
काँकरभिट्टा । सुसेली साहित्यिक परिवार झापाले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–६, काँकरभिट्टास्थित देवकोटा पार्कमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा तथा कर्मठ महिलालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । परिवारले हरेक वर्ष प्रदान गर्ने ‘वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार’ बाट यो वर्ष काँकरभिट्टाकी जनिता श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरेको छ Read More…
काँकरभिट्टा साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न
मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाले सहज रुपमा सदस्यहरुलाई आर्थिक कारोबारहरु गरेको बताउँदै अब आफ्ना Read More…
राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा कार्यालय उद्घाटन (भिडियो सहित)
मेचीनगर । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । झापा क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद गोपाल तामाङले आज मेचीनगर १० स्थित धुलाबारीमा आयोजित एक कार्यक्रम मार्फत बैंक शाखाको उद्घाटन गरेका हुन् । बैंकको शाखा कार्यालय उद्घाटनको अवसरमा Read More…
मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू गरेको छ । नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको Read More…
जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउँने ? यस्तो छ उपाय !
काठमाडौं । जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या देखा पर्छ, यसका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुन्छ । एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्ष Read More…
नेपाल टी-ट्वान्टी लिग आजबाट
काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज उद्घाटन हुदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको हो । लिगको उद्घाटन दिन दुई खेल आयोजना हुदैछ । उद्घाटन खेलमा काठमाडौ नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा Read More…










