झापा । छिमेकी राष्ट्र चीन र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। खुला सीमा नाकासँग जोडिएको भारत र छिमेकी चीनमा कोरोना देखा परेसँगै सो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले देशभरका निकायहरूलाई निर्देशन दिइसकेको छ। कोरोना संक्रमणको त्रास बढे पनि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत झापामा Read More…
Month: December 2022
पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप
पोखरा । पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी Read More…
कोभिड १९ ले मानव बेचबिखन प्रभावितहरूलाई थप समस्या
मेचीनगर । कोरोना भाइरस (कोभिड १९) ले मानव बेचबिखन प्रभावितहरूलाई थप समस्या उत्पन्न गरेको पाइएको छ । मानव बेचबिखन बिरूद्घ कार्य गर्दै आएका संस्थाहरूले आज मेचीनगर नगरपालिकामा आयोजित अन्तर्देशीय मानव बेचबिखन प्रभावितहरूलाई कोभिड-१९ ले पारेको प्रभाव र यसको समस्या अन्वेषणात्मक, खोजमुलक अनुसन्धानको निष्कर्ष सार्वजनिकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् । कोभिड १९ ले मानिसलाई दुरी Read More…
रवि सरकारको प्रवक्ता बन्न मानेनन्, विष्णु पौडेललाई दिइयो जिम्मेवारी
काठमाडौं । सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ । सुरुमा सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दिइएपनि लामिछानले नमानेपछि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री नबनेसम्मका लागि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको छ ।
सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बैठक बसेको थियो ।
प्रचण्ड नेतृत्व सरकारको ८ सदस्यीय मन्त्रिमण्डल विस्तार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही मन्त्रीले सपथ लिएका छन्। शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले सपथ लिएका हुन्। माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १/१ जना मन्त्री बनेका हुन्। माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, Read More…
बंगलादेशमा हुने अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि नेपाली खेलाडीको बिदाई
मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बिच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, सञ्चारकर्मी विकास देवकोटा विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली Read More…
“मिस तामाङ वर्ल्ड २०२२” भारतको सिलुगढीमा हुने
झापा । “मिस तामाङ वर्ल्ड २०२२” भारतको सिलुगढीमा हुने भएको छ । अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न प्रतियोगिता यस वर्ष भारतको सिलिगुढीमा हुन लागेको हो । आगामी फेब्रुअरी ११ तारिखबाट सुरू हुने प्रतियोगितामा नेपाल, भारत, जापान अमेरिका र अस्ट्रेलियालगायतका राष्ट्रमा बसोबास गर्दै आएका तामाङ समुदायका युवतीहरूले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । आज झापाको विर्तामोडमा आज Read More…
पाउ पाथिभराको आठौं बार्षिक साधारणसभा सम्पन्न
मेचीनगर । पूर्वको पबित्र धार्मिक तथा पर्यटकिय स्थल पाउ पाथिभराको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर १३ स्थित चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरको बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मन्दिरको साधारणसभाको अवसरमा ९० बर्ष माथिका जेष्ठनागरिकहरुलाई सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष तिलक गिरीको सभापतित्वमा Read More…
नेपाल मगर संघको अध्यक्षमा विकास
मेचीनगर । नेपाल मगर संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा विकास थापा मगर सर्वसम्मत चयान भएका छन् । नेपाल मगर संघको हालै सम्पन्न १३ औं अधिवेशनले विकास थापा मगरलाई अध्यक्ष चयन गर्दै ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा कर्ण क्याप्छाकी मगर, सचिवमा डम्बर थापा मगर, सहचिवमा एशिका पुलामी मगर, कोषाध्यक्षमा Read More…










