झापा । चर्चित अभिनेत्री मनिषा कोइराला यतिबेला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री मनिषा कोइराला राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनको भोट माग्न झापा आउन लागेकी छिन् । लिङ्देनको चुनावी क्षेत्र झापा ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने Read More…
Year: 2022
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौतामा हस्ताक्षर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनका लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन Read More…
मंसिर १ गते राती १२ बजेदेखि झापाका सबै सीमा नाका बन्द
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द हुने जनाएको छ । मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरू बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ । काँकडभिट्टा, भद्रपुर, केचना, झापा, गौरीगञ्ज लगायतको Read More…
झापा- ३ मा सत्तारुढ गठबन्धनभित्र खैलाबैला, माओवादीका १३४ जनाले दिए सामूहिक राजीनामा
झापा । झापा- ३ मा सतारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।निर्वाचनको मुखमा झापा ३ का नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यसहित १३४ जनाले सामूहिक राजीनामा दिएपछि गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । यसको प्रत्यक्ष असर नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला पर्ने देखिएको छ । आज प्रेस विज्ञप्ति जारी गरी झापा क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी ४ र ५ मा Read More…
झापा क्षेत्र नं. ४ मा नमुना मतदान
चन्द्र बस्नेत कनकाई । आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उदेश्यले झापाको क्षेत्र न ४ मा सोमबार आज नमुना मतदान भएको छ । झापा क्षेत्र नं.४ मा भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले मतदान अधिकृतको कार्यालय कनकाई नगरपालिकामा Read More…
एमालेले भन्यो–‘भूमि आयोग गुहार्नु हारको मानसिकता’
मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ । एमालेले आचारसंहिता उल्लंघन गर्नेहरुलाई Read More…
सपना बाँड्ने होइन, काम गर्छाै– शर्मा
मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी गर्न Read More…
सुकुमबासीलाई भूमि आयोगका अध्यक्षको चेतावनी- गठबन्धनलाई नजिताए जग्गा पाइँदैन
झापा । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला निर्वाचन आचारसंहिताविपरीत सुकुमबासी भेला गरेर गठबन्धनका उम्मेदवारले नजिते जमिन नपाउने धम्की दिँदै हिँडेको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै निरौला देशव्यापी दौडाहामा छन् । उनले गठबन्धनले चुनाव नजिते सुकुमबासीलाई जग्गा दिन नसकिने भनेपछि उनले बोलेको अडियोसहित उजुरी परेको छ । आयोगका अध्यक्ष निरौलाले Read More…
तेस्रो दिप ज्योति च्यालेन्ज कपमको उपाधी काँक्रभिट्टलाई
बाहुण्डाँगी । तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको उपाधी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले उचालेको छ । दिप ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न फाइनल प्रतियोगितामा शनिश्चरे फुटबल क्लबलाई ३ – १ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी उचालेको हो । जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङवाले २ र अभिषेक गुरुङले १ Read More…
गठबन्धनलाई जिताउन सिंगो टोल काँग्रेसमा
मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदल यात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए । ‘हामी Read More…










