समाचार

आजदेखि विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने

विराटनगर । अब विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । सरकारले श्रम स्वीकृति लिन आउने सेवाग्राहीलाई सहजताको लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न निर्देशन दिएसंगै प्रदेश नं १ को राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको हो ।

त्यस्तै विराटनगरसंगै आजदेखि मधेस प्रदेशको राजधानी जनकपुरबाट पनि सेवा सुरु गरिएको छ । वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो । यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।