समाचार

एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५९१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

कार्की यसअघि एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकार हुँदा प्रदेश १ का आन्तरिक कानुन तथा गृहमन्त्री मन्त्री बनेका थिए ।