मेचीनगर । बालकल्याण मावि मेचीनगर ५ सुरेन्द्रनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भूपेन्द्र गिरी सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै विद्यालयमा सम्पन्न अभिभावक भेलाले गिरीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले बताउनु भयो । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका गिरी सेवा निर्वित्त कर्मचारी हुन् । लामो समय नेपाल प्रहरीमा रहेर देशको सेवा गर्नु भएका गिरी अवकासपछि सामाजिक क्षेत्रमा लाग्नु भएको छ । गिरी नेपाल प्रहरीको प्रहरी नायव निरिक्षक पदबाट अवकास हुनु भएको थियो ।
यसैगरी समितिको सदस्यमा खगेन्द्र भण्डारी, सुनित गिरी, देवीमाया गिरी र अञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । अन्य सदस्यहरु भने विभिन्न क्षेत्रबाट मनोनित गरिने प्रधानाध्यापक नारायण न्यौपानेले बताउनु भयो ।

