बाहुण्डाँगी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था आयोजना गरेको आन्तरिक शाखा कर्मचारी वक्तृत्वकला प्रतियोगितामा निरु माझी प्रथम भएकी छिन् । संस्थाले शनिवार कनकाइ नगरपालिकाको जामुनखाडीमा आयोजना गरेको वनभोज कार्यक्रममा उक्त वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
‘हाम्रो आर्थिक अवस्था र सहकारी’ विषयक प्रतियोगितामा इटाभट्टा सेवा केन्द्रबाट सहभागि माझीले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

प्रतियोगितामा प्रधान कार्यालयबाट कार्यालय साहायक निसान राई, चम्पा देवि काफ्ले, विर्तामोड सेवा केन्द्रबाट कार्यालय प्रमुख रन्जिता पराजुलि, बाहुण्डाँगी सेवा केन्द्रको कार्यालय प्रमुख निसा मगर, ईटाभट्टा सेवा केन्द्रकी प्रमुख निरु माझिको सहभागिता रहेको थियो । विजेता तथा उपविजेताहरुलाई कार्याक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक गोपालचन्द्र बुढाथोकीले पुरस्कार प्रदान गर्नु भएको थियो ।

संस्थाका कर्मचारीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका व्यवस्थापक सरोज मेहराले बताउनु भयो । प्रतियोगिताको निर्णायकमा नेपाल जेसीजको राष्टिय वक्तित्वकला प्रतियोगिताका विजेता तथा पत्रकार देबु बानियाँ, विर्तामोड सेवा केन्द्रका सदस्य घनश्याम डाँगी र संस्थाकी उपाध्यक्ष रेनुका डाँगी रहनु भएको थियो ।
संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व तथा सल्लाहकार संयोजक एवम् मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सदस्य पदम डाँगी,

सञ्चालक सदस्यहरु मान बहादुर खड्का, कुबेर प्रसाद पौडेल, दल बहादुर कट्टेल, गिता धिताल, देवि डाँगी, रचेन्द्र श्रेष्ठ, सविता बडुवाल, लेखा समिति सदस्य ईन्द्र नारायण श्रेष्ठ (कृष्ण), कान्ति श्रेष्ठ, विर्तामोड सेवा केन्द्र सदस्य घनश्याम डाँगी, इटाभट्टा सेवा केन्द्र संयोजक मिनमाया सुव्वा, सदस्य विनोद बानियाँ, इटाभट्टा सेवा केन्द्रका सदस्य रघु धिमाल, विर्तामोड सेवा केन्द्रका केसब पोखरेल, गाडागल्ली सेवा केन्द्र सदस्य चन्द्र सुनुवारलगायतको सहभागिता रहेको थियो ।

उपाध्यक्ष रेनुका डाँगीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सदस्य राजु धिमालले गर्नु भएको थियो । वनभोजमा संस्थाका कर्मचारी, सञ्चालक समिति, उपसमिति, सल्लाहकारहरुको सहभागिता रहेको थियो ।



