मेचीनगर । झापा क्षेत्र नं.१ का संघीय सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार मेचीनगर १४ स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयको ५५औं वार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । उनले शैक्षिक गुणस्तरका लागि स्थानीय प्रदेश र केन्द्र सरकारले विभिन्न कार्यक्रमहरु ल्याइरहेको भएता पनि त्यो पर्याप्त हुन नसकेको बताए । साथै उनले बाल सुबोधिनी माध्यमिक विद्यालय नगरको मात्रै समग्र झापा जिल्लामा नै अब्बल बन्दै गइरहेको बताउँदै आगामी दिनमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक विश्व थापाले बार्षिक शैक्षिक प्रगती विवरण प्रस्तुत गरेको कार्यक्रममा प्रदेश सांसद सबिना बजगाई, मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेल, मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सबमा मेचीनगर १४ का वडा सदस्य लालमहम्त मिया, वडा सदस्य दिपक सुवेदी, मेचीनगर नगरपालिकाका शिक्षा शाखाका लक्ष्मी दाहाल, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल, शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, महासंघ मेचीनगरका अध्यक्ष एवम सहिद दशरथ चन्द माबिका प्रधानध्यापक लेखनाथ पौडेल, स्थानीय राजनीतिक दलका प्रमुखहरु, संघ सस्थाका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा विद्यालयले विभिन्न विधामा सम्मान गरेको छ । सम्मानित हुनेहरूमा बर्ष उत्कृष्ट शिक्षक तर्फ देविभक्त तिम्सिना, अनिता गुरागाई, पुष्पा खतिवडा र भवानी गुरागाई रहेका छन् । अक्षयकोष दातातर्फ भोला सुवेदी, चुडामणि सुवेदी र कृष्ण सुवेदीलाई सम्मान गरिएको छ । त्यस्तै एसइइ परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थिहरु निरुता राजबंसी, श्रेया काफ्ले र सोनिया दाहालसहित उत्कृष्ट अभिभावकसमेत सम्मानित भएको बिद्यालयले जनाएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुनिलाल राजवंशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा स्वागत बिद्यालयल व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले गरे । कार्यक्रमको सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।
५५औं वार्षिक उत्सव कार्यक्रमको अवसरमा शिक्षकहरु नृत्य गर्दै हेर्नुहोस् भिडियो

