कनकाई । स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताउनुभएको छ ।
आइतबार कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो।नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा आउनुभएका प्रा.डा. विद्यानाथ कोइरालाले दलकर्मी होइन, पेसाकर्मी शिक्षक आजको मुलुकको खाँचो रहेको बताउनुभएको छ ।
उहाँले हरेक समयमा शिक्षण र विद्यार्थीको स्तर उकास्ने कुरामा चिन्तन गर्ने शिक्षक हुनसकेमा मात्र आशातीत सफलता प्राप्त हुनेमा जोड दिनुभयो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका २२ वटा संस्थागत तथा १४ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, पीटीए अध्यक्ष, प्रधानाध्यापक तथा प्राचार्य, शिक्षक, जनप्रतिनिधि, शिक्षासेवी लगायत १ सय ५० जनाको सहभागिता रहेको थियो ।
कनकाई नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोखरेलले प्रमुख सहजकर्ता डा. कोइराला र सहभागी सबैलाई धन्यवाद दिँदै स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी ,वडा न. २ का अध्यक्ष वलराम राई ( प्रताप) कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर गौतम, शिक्षा शाखाका प्राविधिक रोहित पौडेल, नगर कर्मचारी विजय पाठक, सामाजिक समितिका संयोजक नबलकिशोर दत्त, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष शारदा पाठक, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर अध्यक्ष गोपीकृष्ण भट्टराई, अङ्ग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख दीपक भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा नगर शिक्षा समिति सदस्य एवम् हाम्रो पाठशालाका संस्थापक अखिलकुमार कोइरालाले नगरले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका नीति तथा कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियोे ।
नगर शिक्षा समिति सदस्य एवम् कन्काई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगीले नगरभित्रका विद्यालयका विद्यमान अवस्थाका बारेमा जानकारी गराउनुभएको कार्यक्रमको सन्चालन कनकाई नगरपालिकाका श्रोत व्यक्ति मेदनीप्रसाद पाठकले गर्नुभएको थियो।

